काठमाडौंमा खुल्ला व्यायामशाला बनाउन इजरायलले माग्यो अनुमति

सफल खबर संवाददाता

शुक्रबार, १८ कार्तिक २०७९, २१ : ००
काठमाडौंमा खुल्ला व्यायामशाला बनाउन इजरायलले माग्यो अनुमति

काठमाडौं । काठमाडौं महानगरसँग इजरायलले खुल्ला व्यायामशाला बनाउन स्थान माग गरेको छ । नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले, खुल्ला व्यायामशाला बनाउन चाहेको बताउँदै यसका लागि आवश्यक प्रक्रिया मिलाइदिन महानगरसँग अनुरोध गरेका हुन् ।

महानगरकी उपप्रमुख सुनिता डंगोलको कार्यकक्षमा भेट्दै राजदूत गोडेरले यस्तो प्रस्ताव गरेका हुन् । उपप्रमुख डंगोलले गोडेरलाई स्थानको विषयमा प्रश्न गरेपछि उनले वडा ३, ४ वा ८ का कुनै ठाउँ भए हुने बताएका थिए।

भेटका क्रममा राजदूत गोडेरले, यसअघि महानगरसँग भएको सहकार्य प्रयास कार्यान्वयन गर्न नसकिएको गुनासो गरेका थिए । यस पटक सहरी स्वास्थ्यका लागि खुल्ला व्यायामशाला बनाउने कार्यक्रम सफल बनाउनुपर्ने बताए ।

इजरायलले नेपाली किसानका लागि तर्जुमा गरेको आयमा आधारित सीप विकासका कार्यक्रमलाई नतिजामुखी बनाउन आफूले प्रयास गरिरहेको राजदूत गोडेरको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस