काठमाडौं । काठमाडौं महानगरसँग इजरायलले खुल्ला व्यायामशाला बनाउन स्थान माग गरेको छ । नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले, खुल्ला व्यायामशाला बनाउन चाहेको बताउँदै यसका लागि आवश्यक प्रक्रिया मिलाइदिन महानगरसँग अनुरोध गरेका हुन् ।
महानगरकी उपप्रमुख सुनिता डंगोलको कार्यकक्षमा भेट्दै राजदूत गोडेरले यस्तो प्रस्ताव गरेका हुन् । उपप्रमुख डंगोलले गोडेरलाई स्थानको विषयमा प्रश्न गरेपछि उनले वडा ३, ४ वा ८ का कुनै ठाउँ भए हुने बताएका थिए।
भेटका क्रममा राजदूत गोडेरले, यसअघि महानगरसँग भएको सहकार्य प्रयास कार्यान्वयन गर्न नसकिएको गुनासो गरेका थिए । यस पटक सहरी स्वास्थ्यका लागि खुल्ला व्यायामशाला बनाउने कार्यक्रम सफल बनाउनुपर्ने बताए ।
इजरायलले नेपाली किसानका लागि तर्जुमा गरेको आयमा आधारित सीप विकासका कार्यक्रमलाई नतिजामुखी बनाउन आफूले प्रयास गरिरहेको राजदूत गोडेरको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ कार्तिक २०७९, २१ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थापाथलीमा डोजरको त्रासमा निसास्सिएका सपनाहरूः घर भत्किँदा टुटेको मान्छेको सहारा (फोटो फिचर)
बैजनी रङमा रंगिएको काठमाडौंः सडकमा पोखिएको वसन्तको मधुर सपना’ (फोटो फिचर)
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
आज र भोलि काठमाडौँ-दुबई उडान हुँदै
धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने
चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट