राजनीतिक दल नै भ्रष्टाचारको ठूलो समस्यामा परेका छन्ः सिके राउत

सफल खबर संवाददाता

शुक्रबार, १८ कार्तिक २०७९, २० : ५०
राजनीतिक दल नै भ्रष्टाचारको ठूलो समस्यामा परेका छन्ः सिके राउत

मोरङ । सत्तारुढ दल वडा तहदेखि प्रधानमन्त्रीसम्म भ्रष्टाचारमा डुबेको आरोप जनमत पार्टीका अध्यक्ष सिके राउतले लगाएका छन्। विराटनगरमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष राउतले मुलुकमा हुँदै आएको भ्रष्टाचारको ठूलो समस्यामा राजनीतिक दल नै रहेको बताए।

निर्धारित समयभन्दा २ घण्टा ढिलोगरी कार्यक्रमस्थलमा उपस्थित भएका अध्यक्ष राउतले सत्ताधारी दल वडा तहदेखि उच्च तह प्रधानमन्त्रीसम्म भ्रष्टाचारमा डुब्दै गएको प्रस्ट्याए।

भ्रष्टाचारलाई प्रश्रय दिँदै आएका राजनीतिक दलले मुलुक र जनतालाई दशकौंबाट उत्पीडनमा राख्दै आएको राउतले बताएका थिए।उनले भने, ‘यहाँ लामो समय राणाहरूले, राजारजौटाले, राजनीतिक दलले शासन गरे। तर, आजसम्म जनता अधिकार र आधारभूत सेवा सुविधाबाट वञ्चित गरिँदै आए। कांग्रेस, कम्युनिष्टले शासन गरे पनि जनतालाई आधारभूत मागको पूर्ति गराउन सकेनन्। त्यसैले जनमत पार्टी अघि आएको हो।’

प्रतिक्रिया दिनुहोस