राजविराज। जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस विद्रोहसहितका आन्दोलनहरुको उपलब्धि संस्थागत गर्न अझै संघर्ष आवश्यकतामा रहेको बताएका छन्। शुक्रबार राजविराज नगरपालिका वडा नम्बर २ को राजदेवीमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले उपलब्धि रक्षाका लागि सचेत रहन आग्रह गरे।
‘मधेश विद्रोह लगायत त्यसका पूरक आन्दोलनले मधेशीलाई अधिकार त दिलायो, सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका यादवले भने, ‘अझै पनि शासन प्रणालीको सुधार, समान अवसरको प्राप्ति र मधेशमा विकासको लागि संघर्षको आवश्यकता छ।’
अवसरबाट वञ्चित समुदाय अघि बढ्न नसक्ने जिकिरका साथ उनले अहिले पनि आफू मधेसलाई आधारभूमी बनाएर हिमाल, पहाडमा रहेका उपेक्षित उत्पीडित, दलित, अल्पसंख्यकको अधिकारका लागि प्रयत्नशील रहेको बताए।
संघीयता र गणतन्त्र जस्ता उपलब्धी हासिल भए पनि तराई मधेशमा जनसंख्याको अनुपातमा बजेट नदिएने गरेका कारण यहाँको विकास हुन नसकेको भन्दै नेता यादवले ५३ प्रतिशत जनसंख्या भएको मधेशमा १८ प्रतिशत मात्र लगानी भइरहेको बताए।
मुलुकमा सात प्रदेशहरुमध्ये पहिचानका आधारमा एक मात्र मधेश प्रदेश बन्नु आफूहरुको लागि गौरवको विषय रहेको उनको कथन थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ कार्तिक २०७९, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव
होली पर्वले पहाड र मधेसलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्छ : अध्यक्ष यादव
नेपाल–भारत सम्बन्धको स्थान अरू कसैले लिन सक्दैन : उपेन्द्र यादव
उपेन्द्र यादवको चेतावनी : भूमि अध्यादेश फिर्ता नभए जनआन्दोलनको बाटो पक्रन्छौँ
सत्ताको लागि उपेन्द्र यादवले मुद्दा छाड्नुहुन्छ जस्तो लाग्दैन : प्रचण्ड
हाम्रो सोच सकारात्मक छ, सरकारले कार्यसूचीमा ल्याएपछि निर्णय गर्छौं : उपेन्द्र यादव