टी-२० विश्वकप : न्युजिल्यान्ड सेमिफाइनलमा

सफल खबर संवाददाता

शुक्रबार, १८ कार्तिक २०७९, १३ : १७
टी-२० विश्वकप : न्युजिल्यान्ड सेमिफाइनलमा

काठमाडाैँ । अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाएको छ। शुक्रबार एडिलेडमा भएको समूह-२ अन्तर्गत आयरल्यान्डविरुद्धकाे खेलमा न्युजिल्यान्डले ३५ रनको जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो। न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ३५ बलमा ६१ रनको अर्धशतकीय इनिङ खेल्दा फिन एलनले ३२ रन बनाए।

त्यस्तै ड्यारील मिचेल ३१ रनमा अविजित रहँदा डेभोन कनवेले २८ रन जोडेका थिए। त्यस्तै ग्लेन फ्लिप्सले १७ रन जोडे।

लिटिलको ह्याट्रिक

न्युजिल्यान्डविरुद्ध आयरल्यान्डका लेफ्ट आर्म मिडियम पेसर जोशुआ लिटिलले जारी विश्वकपमा दोस्रो ह्याट्रिक पूरा गरे। उनीअघि युएइका लेग ब्रेक स्पिनर कार्तिक मय्प्पनले ह्याट्रिक लिएका थिए।

समग्रमा विश्वकपमा भने यो छैटौँ ह्याट्रिक हो। यसअघि ब्रेट ली, कार्टिस क्याम्फर, वानिन्दु हसरङ्गा, कागिसो रवाडा, कार्तिक मयप्पनले ह्याट्रिक लिइसकेका छन्।

लिटिलको १९ औँ ओभरको दोस्रो बलमा केन विलियम्सन डेलानीबाट क्याच आउट गराउँदै पहिलो विकेट लिएका थिए। त्यसपछि उनले तेस्रो र चौथो बलमा जेम्श निसम र मिचेल सान्टनारलाई एलबीडब्लू आउट गर्दै ह्याट्रिक पूरा गरे।

१ सय ५० रनमा समेटियो आयल्यान्ड

१ सय ८६ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रनमा समेटियो। आयरल्यान्डका लागि पउल स्ट्रलिङले ३७ रन बनाउँदा कप्तान एन्डी बालविर्नाइले ३० रन बनाए। त्यस्तै जर्ज डकरेलले २३ रन बनाएँदा ग्यारेथ डेलिनले १० रन बनाए। पछिल्लो क्रम भने लगातार विकेट पतको सिकार भयो।

न्युजिल्यान्डका लागि लक्की फर्गुसनले ३ विकेट लिँदा टीम साउदी, मिचेल स्यान्टनर र इश सोधीले समान २-२ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस