काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गगन थापाले जनताका अपेक्षा पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।
आज आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानको सुरूवात गर्दै थापाले जनताको मतको सम्मान गरिने र जनतालाई निराश नबनाउने पनि बताएका थिए।‘हामी यसपटक चुनाव जितेपछि जनतालाई निराश बनाउँदैनौं, हामी चुक्ने छैनौं,’ उनले भने, ‘जनताको मतको इज्जत राख्छौं।’
उनले निर्वाचन जितेपछि जनताका अपेक्षा सुझबुझ र परिपक्क ढंगले पूरा गर्नुपर्ने बताएका थिए । सत्ता गठबन्धनमा रहेका दलहरू मिलेर स्थानीयस्तरदेखि राष्ट्रियस्तरका मुद्दा तथा विकास निर्माणका काम गर्ने थापाको भनाइ थियो।
दलहरूको संयन्त्र नै बनाएर विकास निर्माणका काम गरिने उनले बताए। उनले संविधान, स्थिरता र शान्ति मुलभूत उद्देश्य भएको र समृद्धिभन्दा अरू लक्ष्य नभएको पनि बताएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ कार्तिक २०७९, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा