काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गगन थापाले जनताका अपेक्षा पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।
आज आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानको सुरूवात गर्दै थापाले जनताको मतको सम्मान गरिने र जनतालाई निराश नबनाउने पनि बताएका थिए।‘हामी यसपटक चुनाव जितेपछि जनतालाई निराश बनाउँदैनौं, हामी चुक्ने छैनौं,’ उनले भने, ‘जनताको मतको इज्जत राख्छौं।’
उनले निर्वाचन जितेपछि जनताका अपेक्षा सुझबुझ र परिपक्क ढंगले पूरा गर्नुपर्ने बताएका थिए । सत्ता गठबन्धनमा रहेका दलहरू मिलेर स्थानीयस्तरदेखि राष्ट्रियस्तरका मुद्दा तथा विकास निर्माणका काम गर्ने थापाको भनाइ थियो।
दलहरूको संयन्त्र नै बनाएर विकास निर्माणका काम गरिने उनले बताए। उनले संविधान, स्थिरता र शान्ति मुलभूत उद्देश्य भएको र समृद्धिभन्दा अरू लक्ष्य नभएको पनि बताएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ कार्तिक २०७९, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड