गोली लागेका इमरान खान जब हात हल्लाउँदै निस्किए...

एजेन्सी

विहीबार, १७ कार्तिक २०७९, १८ : ३१
गोली लागेका इमरान खान जब हात हल्लाउँदै निस्किए...

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानको पार्टी पीटीआईले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट एउटा भिडियो शेयर गरेको छ ।

गोलीबारीको घटनापछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई कन्टेनरबाट गाडीमा कसरी सारिएको यो भिडियोमा देखिन्छ ।कारमा सिफ्ट हुने क्रममा इमरान खान आफ्ना समर्थकहरूसँग हात मिलाउँदै देखिएका छन् । इमरानको खुट्टामा गाेली लागेको छ र उनलाई अस्पताल लगिएको छ ।

उद्धार अधिकारीका अनुसार घटनामा तीनदेखि चार जना घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस