काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीवार वाचा पत्र सार्वजनिक गर्ने भएको छ ।
सामाजिक सञ्जाल ट्विटरमा जानकारी राख्दै सभापति लामिछानेले बिहीवार बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा वाचा पत्र सार्वजनिक गरिने जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र (बोलीचालीमा घोषणापत्र) सार्वजनिक गर्दैछौं । हुन नसक्ने वाचा होइन, गर्न सक्ने र गर्नै पर्ने अनि जनताले प्रत्यक्ष राहत पाउने र महसूस गर्ने वाचा पत्र लिएर आउँदैछौं ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ कार्तिक २०७९, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा