डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

सफल खबर संवाददाता

मंगलबार, १५ कार्तिक २०७९, १९ : ५९
डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं। ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश जारी गरेको हो ।अन्तरिम आदेशसँगै सर्वोच्चले आयोगसँग लिखित जवाफ पनि मागेको छ । आयोगले कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र उक्त पद लाभ लिएको भन्दै १२ कात्तिकमा कार्कीको उम्मेदवारी खारेज गरेको थियो ।

तर, आयोगको उक्त निर्णयविरुद्ध कार्की समर्थकले सोमबार माइतीघरमा प्रर्दशन गरेका थिए । प्रदर्शनसँगै कार्की सर्वोच्च अदालतमा पुगेर आयोगको निर्णयविरुद्ध रिट दायर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस