काठमाडौं । नेकपा एमालेले आगामी पाँच वर्षमा पार्टीले गर्ने कामबारे २० बुँदामा ग्यारेन्टी दिएको छ । एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रको पहिलो बुँदामा पहिलो सेसनमा समृद्धि अधिवेशन गर्ने उल्लेख छ।
यस्तै नेपालीलाई मात्र नागरिकता, हंगरः नो लंगर, उत्पादन स्वदेशीः बजार बिदेशी, सुरक्षित छानाः पुग्छ सबैको चाहना, कमाएैः युवाको रोजाइ, पढाइः भविष्यको जग बसाइ भन्ने ज्ञारेन्टी एमालेले दिएको छ ।
यस्तै प्रेसर सुगरः भइन्न बिरामी औषधि बेगर, फ्रि मिटरः १० हजार लिटर, फ्रि युनिटः ५० युटिन, खेतबारीमा पानीः खाडीमा हैन, स्वदेशमै जवानी, दिनदिनै सडक विस्तारः विकासका पूर्वाधारको आधार, भूमिगत तारः सहर बजार, नो लाइनः सेवा अनलाइन, ५ लाख रोजगारः न्युनतम ज्याला २५ हजार, समृद्धिसँगको नाताः सबैको बैंक खाता, स्वस्थ महिनावारीः १५ सय वर्षभरी, फाइभ जी सञ्जारः आईटीमा चमत्कार, हामी सामाजिकः सभ्य नागरिक र हाम्रो अर्थ १०० खर्बको ग्यारेन्टी एमालेले घोषणापत्रमार्फत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ कार्तिक २०७९, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह