गोरखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दलको विकल्पको रुपमा उभिएका स्वतन्त्र उम्मेदवार र वर्षौंदेखी देशको राजकाज चलाईरहेका नेताहरुलाई नदोहोर्याउन अपील गरेका छन । उनले सामाजिक सञ्जालमा चलिरहेको 'नो नट अगेन' अभियानलाई पानीको फोकाको संज्ञा दिंदै यस्ताहरुले मुलुकलाई अराजकतातिर लैजाने जोखिम रहेको आरोप लगाएका छन् । चुनावी प्रचारप्रसारको क्रममा मतदाता भेटधाटको क्रममा गोरखाको भच्चेकमा रहेका अध्यक्ष दाहालले आइतबार बिहान जनसमुदायलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
'स्वतन्त्र भएर हुने चाहिँ केही होइन । देशलाई, जनतालाई, समग्र इतिहास निर्माणलाई स्वतन्त्रले भूमिका खेल्छन् भन्नेजति अवैज्ञानिक र अवस्तुवादी कुरा त केही पनि हुँदैन ' पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले भने," तर पनि स्थानीय तहको चुनावमा र अहिले पनि स्वतन्त्रभनेर पार्टीहरुलाई बदनाम गर्ने, पार्टी नेतृत्वलाई बदनाम गर्ने, जसले इतिहास निर्माणमा, ठूल्ठुला युगान्तकारी परिवतर्नमा असाधारणभूमिका खेले उनीहरुलाई गाली गरेर हिड्ने प्रवृत्ति कदापी राम्रो होईन । मैले हेर्दाखेरी यो झण्डै झण्डै पानीको फोका जस्तो हो "।
गोरखाको प्रतिनिधिसभा -२ का उम्मेदवार दाहाल यतिबेला मतदाता भेटघाट कार्यक्रममा छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई साथैमा लिएर हिडिरहेका दाहाल शुक्रबार गोरखाको आरुघाट भएर शनिबार सॉझ भच्चेक आईपुगेका हुन् । उनले दल र नेताहरुको विकल्प नरहेको दाबी गरे । उनले नेताहरुको विस्थापन उसको उमेरका कारण नहुने तर्क गरे ।
दलहरुको अगाडी स्वतन्त्रहरुले प्रतिस्पर्धा गर्ने भन्ने कुरा दिगो हुने कुरा पनि होईन । यो टिक्ने कुरा पनि होईन । तर पनि मैले स्वतन्त्रभएर चुनाव लडेका र जितेकाहरुलाई,काठमाडौं वा धरानकालाई मैले यो लोकतन्त्रकै नयाँ फुल भनेर हेर्नुपर्छ पनि भनेको छु । मैलेनकरात्मक टिप्पणी गरेको पनि छैन । तर त्यसो भन्दै गर्दा मेरो कुरा के छ भने दलहरुलाई यो अवसर पनि हो । स्वतन्त्रले अलिकति आफूलाई सच्चिन दलहरुलाई प्रेरित गरेको पनि हो । त्यस अर्थमा मैले अवसर ठान्छुु दाहालले भने,'स्वतन्त्रले देशलाई अराजकतातिर कता हो कता अध्यारोतिर लाने खतरा पनि छ । त्यसकारण चुनौती पनि हो । चुनौती र अवसर दुवैको रुपमा मैले हेर्छु' ।
उनले यो चुनावमा चलिरहेको 'नो नट अगेन' जस्ता अभियान नेताहरुलाई होच्याउने ढंगले मात्र आएको यसका पछाडी कुनै भिजन नरहेको दाबी गरे । "उहाँहरुले आफ्नो कर्मद्वारा, योगदानद्वार, देश, जनता र ईतिहासप्रति आफ्नो लगानीद्वारा विस्थापित गर्न सक्नुपर्छ । छोडदेउ तिमीहरुले हामीलाई बाटो भनेर भन्नु राजनीतिक कुरा होईन् । आफू सक्रिय भएपछि स्वत:जनताले मान्छन् । छोड, 'नो नट एगेन' भन्ने हो ? त्यसो भनेर जसले देशमा यस्तो परिवर्तन र समृद्धिको निम्ति भूमिका खेले, उनीहरुलाई ह्युमिलियट गर्ने ढंगले आउनु कदापी पनि न्यायोचित छैन। त्यसकारण यो सफल पनि हुँदैन " दाहालले भने ।
स्वतन्त्रर सामाजिक संजालका अभियन्ताहरुले तपाईंहरु हाम्रो निम्ती बीसौं बर्षसम्म लडनुभयो अब तपाईंहरु ७० वा ८० बर्ष पनि हुनुभयो। तपाईं आफै पनि ७० को बाटोतिर जाँदै हुनुहुन्छ । अब तपाईंहरु विश्राम गर्नुस, नयाँ पुस्तालाई दिनुस भन्ने कुरा गरिरहेकोबारे जानकार रहेको दाहालले बताए । तर यसो भन्दैमा नेतृत्व छोड्ने कुरा नहुने उनले उल्लेख गरे ।
उमेरले निर्धारण गर्ने कुरा होईन । त्यो कुरा विचार र स्प्रिट, मनोवल , दृष्टिकोण, भिजन र मिसनले निर्धारण गर्ने कुरा हो । हामीले जस्तो शताब्दी पुरुष भनेर सत्यमोहन जोशीलाई १०३ वर्ष हुँदा पनि उचित सम्मान गऱ्यौं । समुचित सम्मान गऱ्यौं पनि । किनकी उहाँको योगदानर सय बर्षपछि पनि उहाँले जुन स्प्रिट देखाउनुभयो त्यो युवाहरुको भन्दा कम थिएन । युवाहरु एकथरी भन्ने हो भने फ्रस्टेटेड देखिने, डिप्रेस्ट देखिने, तर सय बर्ष कटेको मान्छे गतिशिल देखिने । त्यसकारण यो विचार र स्प्रिटसँग सम्बन्धित कुरा हो । त्यसकारण यो रेस्टलिनुस भनेर हुने कुरा होईनु उनले भने,मलाई भन्नुन्छ भने म त अहिले ६८ वर्षमा हिँडिरहेको छु । ७० पुग्न पनि २ वर्ष बाँकी छ ।त्यसमाथी पनि मैले अघि भने नि, मुख्य कुरा विचार स्प्रिट, मिसन र भिजनको कुरा हो । मलाई लाग्छ, यो देशलाई एकचोटी आर्थिक समृद्धिको अभियानतिर लैजाने भनेर जे जस्ता कुराहरु सोचेको छु मैले अहिलेसम्म स्वतन्त्र भन्नेहरुको त्यस्तो कुनै भिजन छ भन्ने कुरा मैले देख्न, हेर्न बुभ्न पाएको छैन ।
नयाँ पुस्ता नेतृत्व लिने खालको भिजन नै बोकेर अहिले आइनसकेकाले आफूहरु नै यसका लागि काबिल रहेको प्रमाणित भैरहेको छ।आईतवार सॉझ गोरखाको निर्वाचन १ आरूधाट बाट आफ्ना सहपाठीहरूसंग भेटधाट गरी शनिवार बिहानै देखी मतदाता भेटधाटमा सक्रिय रहेका दाहालले निर्वाचन क्षेत्र न २ का अधिकंस भागमा पुगी मतदाता भेटधाट तथा कोण सभा सम्पन्न गरेका छन् ।
भच्चेक बजारका स्थानिय समाजसेबी भिमसेन भूजेलले सफल खबर संवादातासंग भने आफूहरू प्रचण्ड जस्तो महान नेतालाई मतदान गर्न पाउदा आफैलाई भाग्यमानी ठानेका छौ । सो क्रममा अजिरकोट गाउँपालिकाकी प्रमुख समेत रहेकी अनिता भुजेलले समग्र गोरखा र उत्तरी क्षेत्रको दिगो र आत्म निर्भर विकासका लागि दरिलो अभिभावक पाएको भन्दै आफूहरू अत्यन्तै उत्साही रहेको बताईन् ।
भच्चेक , थालाजुड्ग ,चिप्लेटी हर्मी, आपिपल ठॉटी पोखरीमा कोणसभा र मतदाता भेटधाट सकी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ कार्तिक २०७९, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोटीमा प्रचण्डको मर्निङ वाक
देउवासँग प्रचण्डको फोन र जर्नादनको भेट : संयोग कि रणनीति ?
०८४ को चुनावअघि वामपन्थी एकता हुँदैन: प्रचण्ड
अध्यक्ष दाहालद्वारा बुद्ध जयन्तीको शुभकामना
माओवादीले किन दिइरहेछ कोशीलाई असाधारण प्राथमिकता ?
भ्रष्टाचारको मुहान बन्द गर्न कार्यकारी निर्वाचित राष्ट्रपति प्रणाली आवश्यक : प्रचण्ड