काठमाडौं । नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा ‘ऋणको चालू पुँजीमा राष्ट्र बैंकको नयाँ निर्देशिका र यसको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका निर्देशक देवेन्द्र गौतमले चालू पुँजीको प्रयोजन फरक क्षेत्रमा बढी भएपछि कडाइ गरेको बताए ।
प्रयोजनभन्दा फरक क्षेत्रमा लगानी हुँदा समस्या भएको भन्दै उनले सहज ऋणले फाइदा र बेफाइदा दुवै भएको बताए । आन्तरिक उत्पादन बढाउन सुझाव दिँदै स्वदेशी कच्चापदार्थ र रोजगारीमा जोड दिनुपर्ने उनले बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले राष्ट्र बैंकको चालू पुँजीमा पछिल्लो पटक ल्याइएको निर्देशिकाका कारण भएका समस्याका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ कार्तिक २०७९, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै