मेसीको उत्कृष्ट प्रदर्शनमा पिएसजी नकआउट चरणमा प्रवेश

एजेन्सी

बुधबार, ०९ कार्तिक २०७९, ०८ : २५
मेसीको उत्कृष्ट प्रदर्शनमा पिएसजी नकआउट चरणमा प्रवेश

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च जाइन्ट पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नकआउट चरणमा स्थान पक्का गरेको छ । मंगलबार घरेलु मैदानमा भएको खेलमा पिएसजीले मक्कबी हाइफामाथि ७-२ को फराकिलो जित निकाल्दा स्टार स्ट्राइकर लियोनेल मेसीको प्रदर्शन उत्कृष्ट रह्यो।

पिएसजीका लागि अर्जेन्टिनी फरवार्ड मेसी र केलिएन एम्बाप्पेले समान दुई गोल गरेका थिए। मेसीले भने २ गोलका लागि असिस्टसमेत गरे। त्यस्तै, सोलेर र नेयमारको नाममा समान १-१ गोल रह्यो। मेसीले दुई गोल उनले समूहचरणमा नै ८० गोल पुरा गरे।

जितसँगै समूह एचमा पिएसजी पाँच खेलबाट ११ अंकका साथ शीर्ष स्थानमा रह्यो। समान अंक भए पनि बेन्फिका दोस्रो नम्बरमा रह्यो। युभेन्टस भने प्रतियोगिताबाट बाहिरियो।पाँचौ चरणको खेल सकिँदा बेन्फिका सँग ४-३ ले पराजित हुँदै युभेन्टस प्रतियोगिताको तेस्रो स्थानमा रहँदा हाइफा पुछारमा रहेको छ।

च्याम्पियन्स लिगमा मेसी आफ्नो नवौँ ह्याट्रिकबाट भने वञ्चित बने। उनको एक प्रहार क्रसबारमा लाग्दा ह्याट्रिकको मौकाबाट मेसी चुकेका थिए। पहिलो हाफमा ४-१ को अग्रता बनाएको पिएसजीले दोस्रो हाफमा ३ गोल थप्दा अर्को एक गोल हाइफाले थपेको थियो। हाइफाका लागि दुवै गोल अब्दुलय सेकले गरेका थिए।

प्रतिक्रिया दिनुहोस