सुर्खेत । कर्णाली प्रदेशका सात जिल्लाका तीन सय मतदानस्थल अतिसंवेदनशील मानिएको छ । सुरक्षाका हिसावले कर्णाली प्रदेशका २७६ निर्वाचनस्थल अतिसंवेदनशील रहेको औंल्याइएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावलाई लक्षित गरी जिल्लाका निर्वाचन सुरक्षा समितिले अतिसंवेदनशील सूचीमा राखेको हो ।
रुकुम पश्चिमका २१ , कालिकोट ७४, डोल्पा २३ , सल्यान ६३, दैलेख ४८, सुर्खेत २० र जाजरकोटका १८ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ ।
जिल्ला निर्वाचन सुरक्षा समितिका अनुसार सात जिल्लाका तीन सय २५ मतदानस्थल संवेदनशील छन् । जसमध्ये, रुकुम पश्चिमका ४३, डोल्पाका २६, सुर्खेतका ६, दैलेखका ६२, सल्यानका तीन, कालिकोटका २८ र जाजरकोटका ४२ वटा मतदानस्थल छन् । प्रदेशभर एक सय ३८ वटा मतदानस्थल भने सामान्य छन् । कर्णालीका अन्य तीन जिल्ला जुम्ला, मुगु र हुम्लामा जानकारी पाउन केही समय लागेको बताएको छ ।
कर्णालीमा आगामी निर्वाचनका लागि प्रदेशभर नौ सय ३३ मतदानस्थल र एक हजार चारसय तीन मतदान केन्द्र निर्धारण गरिएको छ । आयोगका अनुसार कर्णालीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशभर १० लाख आठ हजार चार सय तीन मतदाता छन् ।
कर्णलीमा समानुपातिकतर्फको कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पामा मात्र मतपत्र पठाउन बाँकी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । अन्य ६ जिल्लामा समानुपातिकको मतपत्र पुगिसकेको छ ।
कर्णाली प्रदेशका सात जिल्लाका तीन सय मतदानस्थल अतिसंवेदनशील मानिएको छ । सुरक्षाका हिसावले कर्णाली प्रदेशका २७६ निर्वाचनस्थल अतिसंवेदनशील रहेको औंल्याइएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावलाई लक्षित गरी जिल्लाका निर्वाचन सुरक्षा समितिले अतिसंवेदनशील सूचीमा राखेको हो ।
रुकुम पश्चिमका २१ , कालिकोट ७४, डोल्पा २३ , सल्यान ६३, दैलेख ४८, सुर्खेत २० र जाजरकोटका १८ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ ।
जिल्ला निर्वाचन सुरक्षा समितिका अनुसार सात जिल्लाका तीन सय २५ मतदानस्थल संवेदनशील छन् । जसमध्ये, रुकुम पश्चिमका ४३, डोल्पाका २६, सुर्खेतका ६, दैलेखका ६२, सल्यानका तीन, कालिकोटका २८ र जाजरकोटका ४२ वटा मतदानस्थल छन् । प्रदेशभर एक सय ३८ वटा मतदानस्थल भने सामान्य छन् । कर्णालीका अन्य तीन जिल्ला जुम्ला, मुगु र हुम्लामा जानकारी पाउन केही समय लागेको बताएको छ ।
कर्णालीमा आगामी निर्वाचनका लागि प्रदेशभर नौ सय ३३ मतदानस्थल र एक हजार चारसय तीन मतदान केन्द्र निर्धारण गरिएको छ । आयोगका अनुसार कर्णालीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशभर १० लाख आठ हजार चार सय तीन मतदाता छन् ।
कर्णलीमा समानुपातिकतर्फको कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पामा मात्र मतपत्र पठाउन बाँकी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । अन्य ६ जिल्लामा समानुपातिकको मतपत्र पुगिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ कार्तिक २०७९, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह