काठमाडाैँ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचनलक्षित जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचारप्रसार उपसमिति गठन गरेको छ। कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ५० जना सदस्यहरू उक्त समितिमा मनोनित गरेको हो।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय प्रचारप्रसार समितिका संयोजक एवं पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचारप्रसार समितिका सदस्य जीतजङ्ग बस्नेतको संयोजकत्वमा गठित नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचारप्रसार उपसमितिमा ५० सदस्यहरू मनोनयन गरेकाे मुख्यसचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ कार्तिक २०७९, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
कांग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
प्रदेश सरकारसँग असमझदारी हटाउन प्रतिनिधि खटाउने काँग्रेसको निर्णय
उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
कांग्रेस केन्द्रीय समिति बैठक सकिँदै