काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल एमाले अध्यक्ष केपी ओलीविरुद्ध आक्रोश व्यक्त गरेका छन् । बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओली बयलगाडा प्रवृत्तिबाट माथि उठ्न नसकेको टिप्पणी गरेका छन् ।
संविधान र राज्यभन्दा माथि आफूलाई ठान्ने ओलीमा हिटलर प्रवृत्ति देखापरेको आरोप लगाउँदै उनले केही समयमा हिटलरशैलीमै ओलीको अहंकार आफैं समाप्त हुुने बताए ।
सत्तारुढ गठबन्धनका उम्मेदवारलाई आगामी ४ मंसिरमा हुने निर्वाचनमा निर्वाचित गर्न नसके प्रतिगमनकारीको मनोबल बढ्ने अध्यक्ष नेपालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ कार्तिक २०७९, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश