काठमाडौं । ४ मंसिरमा हुने संसदीय निर्वाचनका लागि ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । प्रत्यक्षतर्फ मात्र १ करोड ६७ लाख ५०० मतपत्रको छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । जसमा प्रतिनिधि सभाका लागि ८७ लाख १ हजार र प्रदेश सभाको ८० लाख ५७ हजार ५०० सय मतपत्र रहेका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब ४ करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको छ ।
आयोगको पछिल्लो तथ्यांक अनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् । यी मतदाताले समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने दुई प्रणालीका लागि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । यस अनुसार आगामी निर्वाचनका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भने ६८ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ । अब ९ वटा जिल्लामा मात्र मतपत्र ढुवानी हुन बाँकी छ । ढुवानी भएका मध्ये प्रदेश सभाका लागि १ करोड ९६ लाख १७ हजार तथा प्रतिनिधि सभातर्फ १ करोड ९३ लाख १३ हजार मतपत्र रहेको छ । अब प्रदेश सभाको ५ लाख ६८ हजार तथा प्रतिनिधि सभाको ५ लाख ५८ हजार मतपत्र मात्र ढुवानी हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ कार्तिक २०७९, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिक उम्मेदवारको बन्द सूची समयमै बुझाउन दलहरूलाई निर्वाचन आयोगको अनुरोध
तोकिएको जरिवाना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण
देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति
निर्वाचन ८० दिन बाँकी, चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव