लमजुङका अतिसंवेदनशिल २२ मतदानस्थल, सुरक्षा कडा

सफल खबर संवाददाता

सोमबार, ०७ कार्तिक २०७९, १० : १७
लमजुङका अतिसंवेदनशिल २२ मतदानस्थल, सुरक्षा कडा

फाईल तस्वीर

लमजुङ । लमजुङका अतिसंवेदनशिल २२ मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।  जिल्लामा ८३ मतदानस्थल संवेदनशील छन् ।

अतिसंवेदनशील र संवेदनशील क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिने जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए।

मंसिर ४ मा हुने निर्वाचनका लागि जिल्लामा २३ मतदानस्थल मात्रै सामान्य देखिएका छन् । भौगोलिक दृष्टिकोणबाट सदरमुकामबाट टाढा, दुर्गम, विगतका घटनालगायतका सुरक्षा खतरा देखिएका ठाउँ अति संवेदनशीलमा परेका प्रजिअ वैद्यले बताए । 

संवेदनशीलमा थप १ जना र अतिसंवेदनशीलमा २ जना थप गरेर प्रहरी परिचालन गरिने डीएसपी प्रकाश श्रीमलले बताए । उनका अनुसारभित्र हतियारसहित प्रहरी बस्छन् । उनीहरूको ‘ब्याकअप’ मा म्यादी प्रहरी हुन्छन् । बाहिरी घेरामा सशस्त्र प्रहरी र मतदानस्थल देखिने ठाउँमा नेपाली सेना परिचालन हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस