जनकपुरधाम । स्रोत नखुलेको साढे ३८ लाख रुपैयाँसहित जनकपुरधामबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोतरीको भंगहा नगरपालिका १ बस्ने २१ वर्षीय सुवम राज चौवे रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
निर्वाचनलक्षित विशेष सुरक्षा योजनाअनुरूप आइतबार साँझ करिब साढे ४ बजेको समयमा भारतबाट भन्सार छली अवैध रूपमा रकम नेपाल ल्याउँदै गरेको सूचनाको अधारमा जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाबाट युवकलाई उक्त रकमसहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।
१५० सिसीको अनटेस्ट मोटरसाइकलमा सवार चौवेले बोकेको कालो रंगको व्यागबाट एक हजार दरको २९ बण्डलमा २९ लाख र पाँच सयको १९ बण्डलमा साढे ९ लाख गरी साढे ३८ लाख बरामद गरिएको छ।
बरामद गरिएको रकमसहित युवकलाई आवश्यक कारवाहीका लागि जनकपुर भन्सार कार्यालय धनुषामा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ कार्तिक २०७९, २१ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युके पठाइदिन्छु भन्दै ४३ लाख ठगी, एक जना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा चितवनका नेता कँडेल पक्राउ
सरकारको विरोध गरेको आरोपमा समाजिक अभियन्ता पक्राउ
नक्कली प्रमाणपत्रसहित रुपन्देहीबाट एक भारतीय नागरिक पक्राउ
गुन्डा नाइके राजु गोर्खाली पक्राउ
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ