मेसी र एम्बाप्पेको गोलमा पिएसजीको सहज जित

एजेन्सी

शनिबार, ०५ कार्तिक २०७९, ०८ : ३४
मेसी र एम्बाप्पेको गोलमा पिएसजीको सहज जित

एजेन्सी । अर्जेन्टिनी फर्वाड लियोनेल मेसी र केलियएन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा रेलिगेशन जोनमा रहेको एसी एजासियोलाई ३–० ले पराजित गरेको छ।

शीर्षस्थानमा रहेको पिएसजीले एजासियोलाई उसकै मैदानमा हराएको हो। २४ मिनेटमा मेसीको पासमा एमबाप्पेले टिमका लागि पहिलो गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए।

टिमका लागि दोस्रो गोल ७९ औँ मिनेटमा एम्बाप्पेको पासलाई मेसीले गोलरक्षकलाई विट गर्दै आकर्षक गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। त्यसको तीन मिनेट पछि नै मेसीको पासलाई एम्बाप्पेले दोस्रो तथा टिमका लागि तेस्रो गोल संभव बनाए।

जितसँगै अपराजित रहँदै पिएसजी लिगको शीर्षस्थानमा कायम रहेको छ। उसले १२ खेलबाट ३२ अंक पुर्याएको छ। पिएसजीले १० जित र २ बराबरीको नतिजा निकालेको छ।

पिएसजीले दोस्रो स्थानमा रहेको लोरिएन्टलाई ६ अंकले पछि पारेको छ। लोरिएन्टले एक खेल कम खेलेको छ। पराजित एजासियो ८ अंक जोडेर १८ औँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस