पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र र संघीयताको रक्षा गर्नका लागि गठबन्धन बनेको बताएका छन् । शुक्रबार सत्तारुढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गणतन्त्र, संघीयता लगायतको परिवर्तनको रक्षाका लागि गठबन्धन बनेको बताएका हुन् ।
उनले आफूहरु लोकतन्त्रप्रति समर्पित योद्धा भएको भन्दै गठबन्धन स्वभाविक र प्राकृतिक रहेको बताए । उनले पवित्र उद्देश्यले गठबन्धन बनाइएको उल्लेख गरे । अध्यक्ष नेपालले प्रतिपक्षी गठबन्धनले प्रतिगामीहरुसँग साँठगाँठ गरिरहेको बताए ।
प्रतिपक्षी गठबन्धनलाई जनतालाई दिइएको अधिकार र लोकतन्त्र मन नपरेको भन्दै उनले अधिनायकवादी चिन्तन र एकाधिकारको वकालत गर्ने गरेको बताए ।
उनले भने, ‘यो गठबन्धन स्वभाविक थियो । प्राकृतिक थियो । किनभने हामी लोकतन्त्रप्रति समर्पित योद्धाहरु हौँ । हामी गणतन्त्रको रक्षा गर्ने मुल शक्ति हौँ । हामी संघीयता मान्ने पार्टी हौँ । अर्को गठबन्धन त्यसलाई संघीयता पचेको छैन । त्यसलाई गणतन्त्रपनि पचिरहेको छैन । त्यसलाई जनतालाई दिइएको अधिकार र लोकतन्त्र पनि पचिरहेको छैन ।’
उनले फेरि भने, ‘अधिनायकवादी चिन्तन, प्रवृत्ति, स्वभाव र आचरण बोकेको व्यक्तिले एकाधिकारको वकालत गर्दछ । ऊ सामूहिकतामा जान चाहँदैन । ऊ सबैको मन र विश्वास जित्ने कुरा भन्दापनि पावरको सेन्ट्रलाइजेशनमा विश्वास गर्दछ । त्यसो हुनाले हाम्रो यो गठबन्धन स्वभाविक हो र पवित्र उद्देश्यका लागि बनेको हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ कार्तिक २०७९, १६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
पार्टीविरुद्ध गलत प्रचार भए प्रतिवाद गर्नुपर्छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा