चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाको बहुउद्देश्यीय तालिम केन्द्र निर्माण गर्न नारायणगढ निवासी समाजसेवी बालगोपाल चुकेले जग्गा प्रदान गर्ने भएका छन। चुकेले आफ्नो बुबा अनन्तलाल चुके र आफ्नी आमा गंगादेवी चुकेको नाममा महासंघलाई नारायणगढ बजार नजिकैको १० धुर जग्गा निःशुल्करुपमा उपलब्ध गराउन आज (शुक्रबार) सम्झौता सम्पन्न भएको छ । सो जग्गाको बजार मूल्य रु एक करोड हाराहारी पर्ने बताइएको छ ।
जग्गा दाता चुके र नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । महासंघको पदाधिकारीहरुको उपस्थितिमा भएको सम्झौतामा तीन महिनाभित्रमा जग्गा हस्तान्तरण गर्ने उल्लेख गरिएको छ । भरतपुर महानगरपालिका–३, बेलचोक नजिकै कृष्णमार्गमा रहेको चुके परिवारको जग्गा रहेको क्षेत्रमध्येबाट बालगोपालको नाममा रहेको जग्गा उहाँले महासंघलाई उपलब्ध गराउन लागेका हुन ।
यसअघिदेखि नै उनले आफ्ना बुबा अनन्तलाल चुके र आमा गंगादेवी चुकेको नाममा पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ । जग्गा प्राप्त भएसँगै सो पुरस्कारलाई महासंघले निरन्तरता दिने सम्झौतामा उल्लेख गरिएको छ । सो जग्गासँगैको करिब दुई कठ्ठा सार्वजनिक जग्गा भरतपुर महानगरपालिकाले यसअघिनै संरक्षणका लागि महासंघलाई दिने निर्णय गरिसकेको छ ।
शाखा अध्यक्ष अधिकारीकाअनुसार चुकेले प्रदान गर्ने जग्गामा भवन र सार्वजनिक जग्गामा पार्किङ, उद्यान निर्माण गरिनेछ । जग्गा प्राप्त भएसँगै विस्तृत अध्ययन प्रतिवेदन तयार गरी भवन निर्माणको काम अघि बढाइने उहाँले बताउनुभयो । भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता भरतपुर महानगरपालिकाले जनाएको छ भने बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रु ३० लाख बजेट विनियोजन गरिसकेको छ ।
जग्गादाता चुकेले पत्रकारहरुको क्षमता अभिवृद्धिसँगै आर्थिकरुपमा सक्षम बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले बुबाआमाको नाममा जग्गा दिने निर्णय गरेको बताए । उनी चितवनका सामाजिक व्यक्तिको रुपमा परिचित हुन । महासंघले यसअघि बाइपास सडकमा महानगरपालिका मार्फत जग्गा लिन गरेको प्रयास सो जग्गा वनको भएसँगै रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ कार्तिक २०७९, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार महासंघको अग्रगामी निर्णय :अनलाइन टिभीलाई पनि पत्रकारिताकै रुपमा स्विकार, एआई बारे मौन
जिल्ला अदालत काठमाडौँको समाचार हटाउने आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टरबाट को–को भए सर्वसम्मत ?
पत्रकार महासंघमा कमल गिरी नेतृत्वको संयुक्त प्यानल भिड्ने
२८ गते हुने निर्वाचनको लागि पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक