गठबन्धनले संविधानको रक्षा नगरेको भए लोकतन्त्र नै समाप्त हुने थियाे: वेदुराम भुसाल

सफल खबर संवाददाता

शुक्रबार, ०४ कार्तिक २०७९, १२ : २२
गठबन्धनले संविधानको रक्षा नगरेको भए लोकतन्त्र नै समाप्त हुने थियाे: वेदुराम भुसाल

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेकाे बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।साथै, महासचिव भुसालले नेपाली जनताले गरेको संघर्षको प्रतिफललाई बचाउन गठबन्धन बनाएको बताए ।

‘यो गठबन्धन हामीले नेपाली जनताले धेरै लामो संघर्षबाट प्राप्ति गरेका उपलब्धिको रक्षाका लागि बनाएका हौँ । खालि आज चुनावका लागि मात्रै होइन ।’ उनले भने,’जब नेपाली जनताका प्रतिनिधिहरूले निर्माण गरेको संविधानलाई खारेज गर्ने दिशामा तत्कालीन प्रधानमन्त्रीले प्रतिनिधि सभाको विघटन गरेपछि हामीले प्रतिनिधि सभाको रक्षा गरेर हामा उपलब्धिहरुलाई रक्षा गर्न लाग्यौँ ।’

यसका साथै उनले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मतदाताहरूलाई मतदान
गर्ने तरिका राम्रोसँग बुझाउन नसक्दा धेरै मत बदर भइ आफू पराजित हुनुपरेको जिकिर गरे ।

उनले आगामी निर्वाचनमा भने समयमा नै मतदाताहरूलाई मतदाता शिक्षाको बारेमा स्पष्ट जानकारी गराइ मत बदर हुनबाट रोक्नुपर्ने र उसबाटै आफ्नाे जित सुनिश्चित हुने बताए ।

प्रतिक्रिया दिनुहोस