काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा ५ को मतपत्रमा २५ वटा चुनाव चिह्न रहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तरगत प्रत्यक्षतर्फको वास्तविक नमुना मतपत्रमा २५ वटा चुनाव चिह्न रहेको छ ।
पहिलो नम्बरमा एमालेको सूर्य चिह्न रहेको छ भने दोस्रोमा कांग्रेसको रुख तथा तेस्रोमा जसपाको छाता रहेको छ । यस्तै मतपत्रको अन्तिममा स्वतन्त्र उम्मेदवारको चेस चुनाव चिह्न रहेको छ । सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनले कांग्रेसका खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ ।
यसैगरी, जनता समाजवादी पार्टी नेपालले ओममाया आङदेम्वे, नेपाल मजदुर किसान पार्टीले रुद्रप्रसाद दाहाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चन्द्रप्रसाद राजवंशी, जनमत पार्टीले भीम राजवंशी, मंगोल नेशनल अर्गनाइजेसनले सानबहादुर मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले कविन्द्र शेर्मा लिम्बु, नेश्नलिष्ट पिपल्स पार्टीले राजन चुडाल, राष्ट्रिय जनमुक्ति पार्टीले पदमबहादुर जवेगु, नेपाली कांग्रेस (बीपी) ले सेखरनाथ सेडाई, सचेत नेपाली पार्टीले रामप्रसाद पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीले शुरेसकुमार पोखरेललाई उम्मेदवार बनाएको छ ।
यसैगरी, दीपककुमार पाठक (युग पाठक), कल्पना लावती, रोहितप्रसाद पौड्याल, रामचन्द्र बानिया, भेषराज भट्टराई, सीताराम पोख्रेल, तिर्थेश्वर चौधरी, शान्ता अधिकारी, इन्द्रमणि दाहाल, केदारनाथ चापागाई, रेवतीरमण खनाल र तुलसीराम काफ्ले स्वतन्त्र उम्मेदवार रहेका छन् । यसैगरी झापा क्षेत्र नम्बर ३ को वास्तविक नमुना मतपत्रमा १८ चुनाव चिह्न रहेको छ भने क्षेत्र नम्बर ४, २ र १ मा पनि १८ चुनाव चिह्न रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ कार्तिक २०७९, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना