काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकबाट हटाएका व्यवसायीहरुले आफूहरु देशको नागरिक हो कि होइनौं भन्ने प्रश्न गर्दै विकल्प नदिए अवज्ञा गर्ने चेतावनी दिएका छन् । उनीहरुले महानगर राज्य आतंक सिर्जना गरेर आफ्नो रोजीरोटी खोसेको बताउँदै विकल्प नदिए पुनः सडकमा फर्किने चेतवानी दिएका छन् ।
मेयर बालेन्द्र शाहको निर्देशनमा केही दिनअघि थापाथलिबाट ठेला खोसिएकी शर्मिला तामाङले आफूहरुलाई सरकारले विना विकल्प नै एक मात्र बाँच्ने आधार नै खोसेर महागरले अमानवीय व्यवहार गरेको बताइन् । संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै शर्मिलाले प्रश्न गरिन्, “के हामी यो देशका नगरिक होइनौं र ? सरकारले आफै रोजगारीको व्यवस्था गर्नु पर्ने ठाउँमा उल्टै उठिबास लगाउने ?”
आफूले रोई कराई गर्दा पनि महानगरले मेयर शाहको आदेश भन्दै आफ्नो ठेला लिएर गएको बताइन् । थापाथलीस्थित प्रशुति गृहको नजिकै शर्मिलाले ठेलामा समान बेचेर गुजारा चलाउँदै आएकी थिइन् । त्यसैगरै हेटौंडा स्थायी घर भएकी बनेपामा गाडामा जुत्ताचप्पल बेच्ने विमला चौलागाईले सरकारले गरिबको बिहान बेलुका छाक टार्ने आधार पनि चुडेर लगेको बताइन् ।
अर्की पीडित रामेछाप मन्थली घार भएकी सुनिता कार्कीले आफ्नो गाडामा भएको चट्पटे व्यापार नै रोकेपछि बालबच्चा र परिवार कसरी पाल्ने अनि नागरिकको अविभावक राज्य नै भक्षक निस्केपछि कस्लाई भन्ने भन्दै भावुक भइन । गाउँको जग्गा जमिन बाँजो राखेर किन फुटपाथमा व्यवसाय गर्नु भन्ने तर्क गर्ने मान्छेहरुलाई उनले प्रश्न गर्दै भनिन्, “गाउँघरमा हामीले व्यापार व्यवसाय वा जमिनमा खेती गर्ने वातावरण चाहिँ खोई त ?”
नेकपा (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले विना बिकल्प रोजीरोटी खोस्ने कार्य बन्द नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विनोद थापाले मेयर बालेन्द्र शाहले गरिब तथा स्वोरोजगार नागरिकलाई अमानविय व्यवहार गरेको भन्दै उनि विरुद्ध छिट्टै सडकमा उत्रने उद्घोष समेत गरे । उनले फुटपाथका मजदुर किसान भूमिहीन सुकुम्वासीहरुलाई कुनैपनि विकल्प बिना नै रोजगारीको आधारबाट हटाइरहेको र त्यी प्रवृत्ति देशभर चलेकोप्रति आफ्नो संगठन आक्रोषित भएको बताएका छन् ।
अध्यक्ष थापाले नेपलको श्रम बजारमा औपचारिक ३५ लाख तथा अनौपचारिक २५ देखि ३० लाख श्रमिकहरु क्रियाशिल रहेको र विगतदेखि वर्तमानका ठूलाठूला परिवर्तनमा उनिहरुको अहम भूमिका रहेपनि हरेक पल्ट सशकहरुले उनिहरुलाई नै पेल्ने गरेकोले फेरी पनि बिद्रोहमा जान बाध्यता आउने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ कार्तिक २०७९, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'देश बनाउने टोली' भन्दै बालेनले गरे गृहमन्त्री र पूर्वाधारमन्त्रीसँगको तस्वीर सार्वजनिक
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी
प्रधानमन्त्री बालेन शाहसँग कति छ सम्पत्ति ?
मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटे रवि र बालेन