टोटनहमविरुद्ध युनाइटेडको दुई गोल

एजेन्सी

विहीबार, ०३ कार्तिक २०७९, ०८ : ०६
टोटनहमविरुद्ध युनाइटेडको दुई गोल

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्र्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई २-० अन्तरले पराजित गरेको छ । 

युनाइटेडकोे घरेलु मैदानमा दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । फ्रेड र बु नो फर्नान्डेजले समान एक एक गोल गरे । 

हारका बाबजुद टोटनहम ११ खेलबाट २३ अंक सहित तेस्रो स्थानमा छ । युनाइटेड १० खेलबाट १९ अंक सहित पाँचौस्थानमा छ । 

प्रतिक्रिया दिनुहोस