जनकपुरधाम । धनुषाबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–६ बस्ने २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंग प्रसाद गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
निर्वाचनलक्षित विशेष सुरक्षा योजनाअनुरूप मंगलबार राति प्रहरी चौकी बरमझिया धनुषाबाट खटिएको प्रहरी टोलीले सबैला नगरपालिका–१२ रघुनाथपुर नहरचोकमा सवारीसाधन चेकजाँच गर्ने क्रममा प्र–०१–०२–०४६ प ५६३१ नम्बरको मोटरसाइकलमा सवार युवकहरुको साथबाट उक्त रकम बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ कार्तिक २०७९, २१ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको ७ लाख रुपैयाँ सहित एकजना पक्राउ
क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ
स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ
प्रहरी हुँ भन्दै शरीर बन्धक बनाई लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ
१०७४ किलो गाँजासहित चार जना पक्राउ