काठमाडौं । सेयर बजार परिसूचक बुधबार दोहोरो अंकले घटेको छ । नेप्से १२ दशमलव ८१ अंकले घटेर एक हजार आठ सय ४५ दशमलव ५१ विन्दुमा झरेको छ ।
आज होटल र म्युचुअल फन्डबाहेक सबै समूहको सेयर घटेको छ । दुई सय १६ वटा कम्पनीको २१ लाख ५१ हजार कित्ता सेयर ६४ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ७२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको सेयर साढे ६ प्रतिशत र साम्लिङ पावर कम्पनीको सेयर ६ प्रतिशतले घटेको छ। समग्रमा बजार घटे पनि अभियान लघुवित्त र सयपत्री हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ कार्तिक २०७९, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार