यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

मंगलबार, ०१ कार्तिक २०७९, ०९ : ०८
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदमूल्य १३१ रुपैयाँ ४७ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ७ पैसा रहेको छ । युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ २२ पैसा र बिक्रीमा १२८ रुपैयाँ ८१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ १५ पैसा र बिक्रीदर ८२ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९५ रुपैयाँ १९ पैसा र बिक्रीमा ९५ रुपैयाँ ६२ पैसा र सिङ्गापुरे डलर एकको खरिददर ९२ रुपैयाँ २० पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा रहेको छ ।

जापानीज येन १० को खरिददर ८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८ रुपैयाँ ८७ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ २६ पैसा र बिक्रीमा १८ रुपैयाँ ३४ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा र साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ १९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस