भक्तपुर । भक्तपुर प्रहरीले १२ वर्षअघिदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । २४ माघ ०६७ मा दाङ साबिक सैघा गाविस-२ कोइला बस्ती (हालको घोराही उपमहानगरपालिका-१९) बस्ने ३२ वर्षका सूर्यबहादुर रानाकाे हत्या मुद्दामा दाङ देउखुरी जिल्ला अदालतबाट जन्मकैद (२० वर्ष) कैद सजाय फैसला भएकाे थियाे ।
त्यसबेलादेखि हालसम्म फरार रहेका उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हाे । प्रेमबहादुर रानालाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले ठिमी संगमचोक भक्तपुरबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
पक्राउपछि उनलाई जिल्ला अदालत भक्तपुरमा पेश गरेकाे परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । रानालाई अदालतको आदेशले तोकिएको कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौ चलान गरेकाे उनले जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ असोज २०७९, १७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युके पठाइदिन्छु भन्दै ४३ लाख ठगी, एक जना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा चितवनका नेता कँडेल पक्राउ
सरकारको विरोध गरेको आरोपमा समाजिक अभियन्ता पक्राउ
नक्कली प्रमाणपत्रसहित रुपन्देहीबाट एक भारतीय नागरिक पक्राउ
गुन्डा नाइके राजु गोर्खाली पक्राउ
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ