कोेरोना अपडेट : थप ३२ जनामा कोरोना संक्रमण, ७ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

आइतबार, ३० असोज २०७९, १५ : ३५
कोेरोना अपडेट : थप ३२ जनामा कोरोना संक्रमण, ७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १६ सय ६२ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा कोरोना पुष्टि भएको हो । 

यस्तै, मन्त्रालयका अनुसार हाल नेपालमा ६ सय ८८ जना संक्रिय कोरोना संक्रमित छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको उपचार गराइरहेकामध्ये ७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस