लमजुङ । मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा दुई हजारभन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन् ।लमजुङमा दुई हजार तीन सय ७६ सुरक्षाकर्मी परिचालन गरिने लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
प्रजिअ वैद्यका अनुसार सबैभन्दा बढी म्यादी प्रहरी एक हजार ९७ जना खटिनेछन् भने नेपाल प्रहरी ६ सय १२ जना, नेपाली सेना चार सय ६०, सशस्त्र प्रहरी एक सय ९७ जना र राष्ट्रिय अनुसन्धानका १० जना खटिनेछन् ।
लमजुङमा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० मतदानस्थल छन् । कारागार र समन्वय समिति अस्थायीसहित एक सय ८८ वटा मतदान केन्द्र छन् ।
लमजुङमा जम्मा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन् । जिल्लामा ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० असोज २०७९, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी, कहाँ को अगाडि ?
धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्न आयोगको पत्र
७० स्थानमा रास्वपा अगाडि
जेनजी आन्दोलनपछिको प्रतिनिधि सभा निर्वाचन आज
निर्वाचन आचार उल्लंघनसम्बन्धी अभियोगमा ३२ जना प्रहरी नियन्त्रणमा
प्रतिनिधिसभा निर्वाचन: मौन अवधि सुरु, प्रचारप्रसारमा पूर्ण रोक