काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा थोरै संख्यामा उम्मेदवारी परेका १० निर्वाचन क्षेत्रमध्ये पाँच वटा कर्णाली प्रदेशका रहेका छन् ।निर्वाचन आयोगका अनुसार सबैभन्दा कम संख्यामा उम्मेदवारी परेका १० निर्वाचन क्षेत्रमा हुम्लाको निर्वाचन क्षेत्र नं.१, मनाङको निर्वाचन क्षेन नं.१, मुस्ताङको निर्वाचन क्षेत्र नं.१, अछामको निर्वाचन क्षेत्र नं.२, बाजुराको निर्वाचन क्षेत्र नं.१, दैलेखको निर्वाचन क्षेत्र नं.२, जुम्लाको निर्वाचन क्षेत्र नंं.१, मुगुको निर्वाचन क्षेत्र नं.१, डोल्पाको निर्वाचन क्षेत्र नं.१ र रोल्पाको निर्वाचन क्षेत्र नं.१ रहेका छन् ।
सबैभन्दा कम उम्मेदवारी परेको १० वटा निर्वाचन क्षेत्रमध्ये रोल्पाको निर्वाचन क्षेत्र नं.१ र जुम्लाको निर्वाचन क्षेत्र नंं.१ वाहेक अन्यमा एक जना पनि महिलाको उम्मेदवारी परेको छैन ।
आगामी प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा कम संख्याले उम्मेदवारी हुम्लाको निर्वाचान क्षेत्र नं.१ र मनाङको निर्वाचन क्षेत्र नं.१ मा दिएका छन् । यी दुवै क्षेत्रमा तीन–तीन जनाको मात्र उम्मेदवारी परेको छ ।
दोस्रो कम संख्यामा उम्मेदवारी मुस्ताङ्को निर्वाचन क्षेत्र नं.१ मा परेको छ । यो क्षेत्रमा ४ जनाले उम्मेदवारी दिएका छन् । तेस्रो कम संख्यामा उम्मेदवारी अछामको निर्वाचन क्षेत्र नं.२, बाजुराको निर्वाचन क्षेत्र नं.१, दैलेखको निर्वाचन क्षेत्र नं.२, जुम्लाको निर्वाचन क्षेत्र नंं.१, मुगुको निर्वाचन क्षेत्र नं.१, डोल्पाको निर्वाचन क्षेत्र नं.१ र रोल्पाको निर्वाचन क्षेत्र नं.१ मा परेको छ । यी सात वटै निर्वाचन क्षेत्रमा पाँच–पाँच जनाले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असोज २०७९, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुकुन्दश्याम गिरीले दिए निर्वाचन आयोगमा उजुरी
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन निर्वाचन आयोगलाई ताकेता
रास्वपाको नामबाट ‘स्वतन्त्र’शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी
निर्वाचन आयोगले पठायो रास्वपालाई पत्र (पत्रसहित)
आयोगमा सुवेदीको उजुरी- मलाई राप्रपाको अनुशासन समितिमा यथावत् बहाल गरियोस् (पूर्णपाठ)
राप्रपाको अनुशासन आयोगबाट हटाइएपछि नवराज सुवेदी निर्वाचन आयोगमा