एजेन्सी । अमेरिकाको उत्तर क्यारोलिनामा बिहीबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार मृत्यु हुनेमा एक प्रहरी अधिकारी पनि छन् । समाचार अनुसार घटना स्थानीय समय अनुसार साँझ ५ बजे भएको हो ।
उत्तरी क्यारोलिनाका मेयर मेरी एन बाल्डविनले गोलीबारीमा अन्य दुई जना पनि घाइते भएको बताए, जसमध्ये एक प्रहरी अधिकारी छन् । मेयरले घटनाको बारेमा थप विवरण दिएनन् तर भने, ‘हामीले अमेरिकामा यस्ता खालका पागल हिंसा रोक्नु पर्छ ।’
संदिग्ध आक्रमणकारी एक श्वेत किशोर भएको मानिन्छ र उनले लामो बन्दुकले गोली चलाएका थिए । ती व्यक्तिबाहेक अरु कसैलाई पनि पक्राउ गरिएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असोज २०७९, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिड्नी बन्डी बिच गोलीकाण्ड : आक्रमणकारी बाबु छोरा रहेको खुलासा
अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीकाण्ड, २ जनाको मृत्यु
दाङको लमहीमा गोली चल्यो, एकजना घाइते
मापकपदार्थ सेवन गरेका बुवाले चलाए गोली, छोराको मृत्यु
सुकुम्वासी बस्तीमा ७ राउन्ड गोली फेला
जनकपुरमा प्रहरी र व्यवसायीबीच झडप, प्रहरीले चलायो गोली, १० प्रहरीसहित ११ घाइते