एजेन्सी । अमेरिकाको उत्तर क्यारोलिनामा बिहीबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार मृत्यु हुनेमा एक प्रहरी अधिकारी पनि छन् । समाचार अनुसार घटना स्थानीय समय अनुसार साँझ ५ बजे भएको हो ।
उत्तरी क्यारोलिनाका मेयर मेरी एन बाल्डविनले गोलीबारीमा अन्य दुई जना पनि घाइते भएको बताए, जसमध्ये एक प्रहरी अधिकारी छन् । मेयरले घटनाको बारेमा थप विवरण दिएनन् तर भने, ‘हामीले अमेरिकामा यस्ता खालका पागल हिंसा रोक्नु पर्छ ।’
संदिग्ध आक्रमणकारी एक श्वेत किशोर भएको मानिन्छ र उनले लामो बन्दुकले गोली चलाएका थिए । ती व्यक्तिबाहेक अरु कसैलाई पनि पक्राउ गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असोज २०७९, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते
गोली चलाएर प्रहरीले समात्यो लुटेरा
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार