बेइजिङ । कोभिड संक्रमणका घटनामा वृद्धि भएसँगै सेन्झेन र सांघाईलगायतका ठूला सहरहरूमा परीक्षण तीब्र पारिएको छ । ती सहरका केही क्षेत्रमा विद्यालय, मनोरन्जन स्थल, पर्यटकीय केन्द्रहरू बन्द भएका छन् ।
यस महिनाको सुरुमा राष्ट्रिय दिवस ‘गोल्डेन विक’को समयमा बढेको घरेलु यात्रापछि बढेको वृद्धिसँगै संक्रमण अगस्टदेखि सबैभन्दा उच्च विन्दुमा पुगेको छ । अधिकारीहरूले अक्टोबर १० मा २,०८९ नयाँ स्थानीय संक्रमण रिपोर्ट गरेका छन्, जुन अगस्ट २० यताकै सबैभन्दा धेरै हो ।
भित्री मंगोलियाको उत्तरी क्षेत्रका रमणीय स्थलहरू सहित पर्यटक गन्तव्यहरूमा संक्रमणका केही घटना देखिएका छन् । त्यस्तै पहाडका मुख्य आकर्षक पर्यटकीय क्षेत्रमा पनि संक्रमण बढेका छन् । चीनको वित्तीय राजधानी सांघाईमा सोमबार २८ जनामा स्थानीय संक्रमण देखिएको थियो । बाहिरबाट ती सहरमा जाने यात्रु र होटल जस्ता स्थानमा जाँचमा कडाइ गरिएको अधिकारीहरूले बताएका छन् ।
चीनले कोभिडविरुद्ध शून्य नीति लागू गर्ने बताउँदै आएको छ । अक्टोबर १६ मा सुरु हुने कम्युनिष्ट पार्टीको महाधिवेशनभन्दा केही दिन अगाडि कोभिड रोकथामसम्बन्धी उपायलाई सशक्त बनाइएको छ । महाअधिवेशनमा राष्ट्रपति सी जिनपिङले आफ्नो नेतृत्व विस्तार गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २६ असोज २०७९, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
मोरङमा चिनियाँ राष्ट्रपति सी जिनपिङले लेखेको पुस्तक जलाइएको घट्नामा चीनको ‘गम्भिर असहमति’