डडेल्धुरा । फरक-फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ ।
नागरिकता र मतदाता नामावलीमा फरक(फरक जन्ममिति परेको भन्ने उजुरीवारे जवाफ दिनका लागि आज दुई बजेसम्मको समयसिमा दिइएको छ ।
देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस विपी समुहका उम्मेदवार कर्ण मल्लले जन्ममिति फरक भएको भन्दै दिएको उजरीमा देउवाले आज २ बजेसम्म जवाफ दिइसक्नु पर्नेछ ।
डडेल्धुरामा प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार देउवामाथि परेको उजुरी उपर स्पष्ट पार्नका लागि निर्वाचन कार्यालयले मंगलबार दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको छ । देउवाविरुद्ध सोमबार उजुरी परेको थियो ।
सूचना पाटीमा टाँसिएको व्यहोरालाई आधार मानेर प्रधानमन्त्री देउवाले उजुरीमाथि प्रमाण पेश गर्नु पर्नेछ । प्रधानमन्त्रीसमेत रहेको देउवाले पत्नी आरजु राणालाई वारेस बनाएर आइतबार उम्मेदवारी दर्ता गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ असोज २०७९, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवादमा तानिँदै घन्टी पार्टी, वालेन्द्र साहको नागरिकता विवरणबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी
बालेनविरुद्ध एमाले निकट युवा संघद्वारा साइबर ब्युरोमा उजुरी
कांग्रेसका ११ केन्द्रीय सदस्यविरुद्ध अनुशासन समितिमा उजुरी
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ३ जनाविरुद्ध ७ उजुरी
पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशहरु विरुद्ध न्यायपरिषदमा उजुरी
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी