काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २७.२६ अंक (१.४३ प्रतिशत) ले गिरावट भएर १८७१.२२ अंकमा बन्द भएको छ । दशैंपछिको पहिलो कारोबार दिन आइतबार ४४ अंकको वृद्धि भएको नेप्से सोमबार नै पुनः गिरावट भएको हो ।
नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । यता कारोबार रकम भने बढेर करिब १ अर्ब नजिक पुगेको छ । आइतबार करिब ८४ करोडको कारोबार भएको बजारमा सोमबार ३१ लाख ५५ हजार ६९५ कित्ता सेयर किनबेच हुँदा ९७ करोड १७ लाख ६८ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक १६ करोड ५८ लाख ७६ हजारको कारोबार हुँदा नेपाल इन्स्योरेन्सको संस्थापक सेयर ६ करोड ६ लाख १२ हजार ५०० रुपैयाँ र नबिल बैंकको ४ करोड ४२ लाख २० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
सोमबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १६४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १९ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा २ कम्पनीको स्थिर छ । सोमबार कारोबार भएकामध्ये अभियान लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा एनएमबी हाइब्रिड फण्ड १ को इकाइ मूल्य ३.६७ प्रतिशत र ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइ मूल्य ३.४९ प्रतिशतले वृद्धि भएको छ ।
यता गरिमा डिवेञ्चर २०८५ को मूल्य सर्वाधिक ८.१३ प्रतिशतले गिरावट हुँदा सिभिल लघुवित्तको सेयर मूल्य ६.३३ प्रतिशत र कृषि विकास बैंक ऋणपत्र २०८३ को मुल्य ५.८६ प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ असोज २०७९, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार