अर्घाखाँचीका गठबन्धनका उम्मेदवारकाे दाबी- समृद्धिका लागि हामीले नै जित्नुपर्छ

सफल खबर संवाददाता

सोमबार, २४ असोज २०७९, १३ : ३८
अर्घाखाँचीका गठबन्धनका उम्मेदवारकाे दाबी- समृद्धिका लागि हामीले नै जित्नुपर्छ

अर्घाखाँची । सत्तारुढ गठबन्धनबाट अर्घाखाँचीमा मनाेनयन दर्ता गरेका उम्मेदवारहरूले समृद्ध नेपालका लागि आफुहरूले जित्नुपर्ने बताएका छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले अर्घाखाँचीमा उम्मेदवार दिएका गठबन्धनका उम्मेदवारहरू बिच गरेकाे साक्षात्कार कार्यक्रममा उनीहरूले गणतन्त्र र प्राप्त अधिकारकाे रक्षाकाे लागि आफुहरूले जित्नैपर्ने बताएका हुन् ।

कार्यक्रममा गठबन्धनका तर्फबाट संघीय संसदकाे उम्मेदवार पुष्पा भुसालले आफुहरू जितकाे नजिक रहेकाे भन्दै संविधान रक्षाकाे लागि पनि आफूहरूले जित्नैपर्ने दाबी गरिन् ।

कार्यक्रममा प्रदेश क का उम्मेदवार ठाकुर कुमार विक र प्रदेश ख का उम्मेदवार कमल प्रसाद भुसालले पनि लोकतान्त्रिक गणतन्त्रको रक्षा, समावेसी अधिकार, भ्रष्टाचारमुक्त समाज, मुलुकको समृद्धि तथा सुशासन पर्यटन तथा प्रबर्द्धनको विकाश, बेरोजगारी अन्त्यको लागी आफूहरुको उम्मेदवारी भएको उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस