आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने, बुधवार अन्तिम नामावली प्रकाशन

सफल खबर संवाददाता

सोमबार, २४ असोज २०७९, ०८ : १०
आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने, बुधवार अन्तिम नामावली प्रकाशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा परेको उम्मेदवारीको विरोधमा आज उजुरी दिन सकिने जनाएको छ। यसका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय रहेको आयोगले जनायो।

ुप्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ,ु आयोगले भनेको छ।

उम्मेदवारको विरुद्ध उजुरी, उम्मेदवारी फिर्तालगायतको कार्यक्रमपछि बुधवार अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।