काठमाडौं । नेकपा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएको छ । शनिबार बालकोटमा एमाले अध्यक्ष केपी ओलीले थापालाई टिकट हस्तान्तरण गरेका हुन् ।
यसअघि एमालेले मकवानपुरका दुबै क्षेत्रमा पार्टीको उम्मेदवार तय गरेको थियो । तर, ओली र थापाबीच भएको छलफलमा क्षेत्र नम्बर १ मा रामेश्वर रानालाई दिएको टिकट थापालाई दिने समझदारी बनेको हो ।
टिकट पाएपछि थापाले एमालेको सहयोगमा मंसिर ४मा हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट उमेदवार बन्न लागेको जानकारी दिए ।
उनले सद्भाव र सहकार्यको लागि एमालेलाई धन्यवाद दिँदै राष्ट्रियताको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक समृद्धिको निम्ति ईमान्दारीपूर्वक कामगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । थापाले एमालेकै चुनाव चिह्नबाट चुनाव लड्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा