८ लाख ९५ हजार नेपाली नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

सफल खबर संवाददाता

शनिबार, २२ असोज २०७९, ११ : १९
८ लाख ९५ हजार नेपाली नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज । प्रहरीले बाराबाट ८ लाख ९५ हजार नेपाली नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

नक्कली नोटसहित प्रहरीले भारत मोतिहारी जिल्ला पिपरकोठी थाना बस्ने २५ वर्षीय रञ्जितकुमार मुखियालाई पक्राउ गरेको हो ।

बाराको सिम्रौनगढ नगरपालिका-५ कनकपुर स्थितमा नम्बर स्पष्टत नभएको मोटर साइकलमा रहेका मुखियाको साथबाट चेकजाँचको क्रममा प्रहरीले ९ वटा गड्डीमा एक हजार रुपौयाँका दरको ८९५ थान नेपाली नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

नक्कली नोटसहित पक्राउ परेका मुखियालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस