काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको हो ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचनतर्फको मनोनयन पत्र दर्ता गर्ने दिन यही आश्विन २३ गते आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र रहेको व्यहोरा सबैको जानकारीका लागि अनुरोध गर्दछु।’
समानुपातिकतर्फको बन्द सुचीको नाम पेश गर्ने र सच्चाउने काम सम्पन्न भए पछि आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि मिति र समय तोकेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ असोज २०७९, १७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिला तथा सामाजिक समिति सभापतिमा किरणकुमार शाहको उम्मेदवारी दर्ता
उपराष्ट्रपतिमा जसपाबाट प्रमिला यादवको पनि उम्मेदवारी
ममता झाले गरिन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता
चितवन–२ मा चैत २० गते उम्मेदवारी दर्ता