काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गराएका छन्।
फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराएका हुन्।
उनले उम्मेदवारी दर्ता गरेको जानकारी गराउँदै भनेका छन्, ‘भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा सङ्कल्पसहित, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तारा चिह्नमा आफ्नो अमूल्य मत प्रदान गर्नुहुन हार्दिक अपिल गर्दछु।’
प्रचण्ड अघिल्लो चुनावमा गोरखा २ बाट विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ माघ २०८२, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’