सिएमटी रिसोर्टद्धारा अफर सहितका तीनसय सदस्यता वितरण शुरु

सफल खबर संवाददाता

आइतबार, १६ असोज २०७९, १२ : २१
सिएमटी रिसोर्टद्धारा अफर सहितका तीनसय सदस्यता वितरण शुरु

चितवन । चितवनको मुटु हाकिमचोक रहेको चितवन मिडटाउन टाउन रिसोर्ट (सिएमटी)ले रिसोर्ट ग्राहकहरुको लागि बिशेष छुट सार्वजनिक गरेको छ । 

दशैंको अवसर पारेर रिसोर्टले संभवत नेपालमै ३०० जनाको ग्राहकको लागि बिशेष छुट सदस्यता वितरण गर्न शुरु गरेको हो ।आजदेखि क्यास अफर र मेम्बर्स अफर दुई प्रकारका  छुट अफर योजना लागु गरिने बताएको हो । सो अवसरमा बोल्दै रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले सबै वर्गका ग्राहकहरुलाई समेट्ने उद्धेश्यले यो अफर ल्याएको बताए । ‘यो अफर हाम्रो नाफा कमाउने उद्धेश्य होइन, उनले भने, यसले नियमित रुपमा ग्राहकसंँग कनेक्टेड हुन र हाम्रो सुविधालाई अनुभव गर्न पाउन भन्ने हो । ’

यस सुविधामा फूलपातीको दिनदेखि १०० दिन सम्म ग्राहकले सदस्यता  लिन सक्नेछन । यस सुविधा अन्तर्गत ग्राहकले १०हजार रुपैंयाको अग्रिम रकम भुक्तानी गरेपछि क्यास अफर अन्तर्गत एक बर्षका लागि २ वटा रुम, मकटेल, ४ वटा ब्रेकफाष्ट, ७ दिन सम्म २ जनालाई  स्वीमिङ्ग लगायतका सुविधा निःशुल्क प्राप्त गर्न सक्नेछन । 

यस्तै सदस्यता हुने ग्राहकले अर्को अफर अन्तर्गतरुममा २० प्रतिशत छुट, लन्चमा २० प्रतिशत, डिनरमा १५ प्रतिशत, टेकअवेमा १५ प्रतिशत , किट्टीमा १५ प्रतिशत , व्याक्वेट सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन । साथै यी ग्राहकको लागि बाई वन गेटवन फ्रि  अफर दिएको छ । जसअनुसार २० सुप भाउचर, २० जिर्ट भाउचर, १० स्न्याक्स भाउचर, १० सफ्ट भाउचर र चार लञ्च तथा थाली भाउचरको लागि यो अफर लागु गरिएको घिमिरेले जानकारी दिए । 

क्यास भाउचर  छुट सुविधा ५८ हजार ८०० रुपैया र थप सेवामा  छुट सुविधा गरी  झण्डै डेढ लाख बराबरको छुट सुविधा पाउने रिसोर्टले बताएको छ । घरदेखि अफिससम्म , पेशा देखि व्यवसाय सम्मका ग्राहकलाई लक्षित गरी संभवत पहिलो पटक विदेशको अभ्यास नेपालमा लागु गरिएको रिसोर्टका महाप्रबन्धक बोधराज लम्सालले जानकारी दिए । 

‘हामीले हरेक क्षेत्र हरेक बर्गका ग्राहकलाई २४सै घण्टा  सुविधा दिन र सुझाव सल्लाह पाउन पनि यो सुविधा सार्वजनिक गरेका हौं ।  सदस्यता लिएपछि ग्राहकलाई अपनत्व र आत्मियता महसुस हुने विश्वास पनि छ । लम्सालले भने ।’  कार्ड लिएर आउने जोसुकै ग्राहकले पनि यो सुविधा पाउने लम्सालको भनाई छ । 

६० जना उद्योगी व्यवसायीको संयुक्त लगानीमा गत पुषदेखि सञ्चालनमा आएको रिसोर्टमा चितवनकै सबै भन्दा ठूलो दुई हजार पाँच सय क्षमताको सभाहल छ । यहांँ २० जनादेखि दुईहजार जना अट्ने पांँचवटा हल रहेको छ । यस्तै रिसोर्टमा बातावरण मैत्री  र आधुनिक सुविधा सम्पन्न ४२ वटा कोठाहरु रहेका छन् । यस्तै रिसोर्टमा एक सय क्षमताको भोजनालय, दुई सय क्षमताको रेष्टुरेन्ट, बार, २४ सै घण्टा खुला हुने कफिसप, स्विमिङपुल रहेका छन् । यस्तै  २२ कठ्ठा क्षेत्रफलमा रहेको रिसोर्टमा दुईसय कार पार्किङ्ग र पांँचसय सम्मको मोटरसाइकल पार्किङ्ग क्षमता छ । 
रिसोर्टले निकट भविष्यमै पर्यटकीय क्षेत्र सौराहा र मेघौलीमा सिएमटी दुई वटा चेन रिसोर्ट खोल्ने तयारी गरेको समेत जानकारी दिएको  छ ।
 

प्रतिक्रिया दिनुहोस