झापा । झापामा एक पुरुषले आफ्नै आमा र काकाको हत्या गरेका छन् ।
जिल्लाको कमल गाउँपालिका( २ मिलन चोकका २० वर्षीय चन्द्र माझीले आफ्ना आमा ५० वर्षीय चन्द्रकला माझी र काका ५० वर्षीय सन्तबहादुर माझीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनले शनिबार बेला करिब साढे १० बजेको समयमा खुकुरी प्रहार गरी उनकै आमा र काकाको हत्या गरेको प्रहरीले जनाएको छ ।
आमा र काकाको हत्या गर्ने माझीलाई खुकुरीसहित इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ असोज २०७९, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललितपुरमा एक महिलाको हत्या, श्रीमान पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
जनकपुरमा एक युवतीको हत्या, २ जना घाइते
दाजुको हत्या गरी फरार युवक पक्राउ
आफ्नै घरमा मृत भेटिइन् महिला, हत्याको आशंका
सुर्खेतमा श्रीमानद्वारा श्रीमतीको हत्या