काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को सबै जिल्ला समितिले प्रत्यक्ष उम्मेदवारमा करिब ७ सयजनाको नाम सिफारिस गरेको छ । उम्मेदवारको सम्बन्धित निर्वाचन क्षेत्रमा कायम रहेको लोकप्रियता, पार्टी सङ्गठन सुदृढीकरणमा गरेको योगदानका आधारमा सिफारिस भएर आएका नामबाट योग्य उम्मेदवार छनोट गरिएको पार्टीका केन्द्रीय सदस्य राजाराम श्रेष्ठले जानकारी दिए ।
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि करिब सात सय उम्मेदवारको नाम सिफारिस भएको छ । पार्टीले समान विचार भएका राजनीतिक दल तथा समूहसँग एकीकरणका साथै गठबन्धन गर्न केही दलसँग औपचारिक तथा अनौपचारिक छलफलसमेत सुरु गरेको छ ।
उक्त पार्टीले नेकपा ९एमाले० सँग पनि चुनावी गठबन्धनका लागि वार्ता गरिरहेको जनाएको छ । गठबन्धनका लागि सिट बाँडफाँट भएपछि मात्र पार्टीले प्राप्त गर्ने सिट र क्षेत्र निर्धारणका आधारमा उम्मेदवारलाई टिकट वितरण गरिने नेता सुन्दर पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १५ असोज २०७९, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा कार्यसम्पादन समितिको बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन बैठक आह्वान
राप्रपा संस्थापन इतर पक्षको बैठक बस्दै
राप्रपाले भन्यो : ‘जेन जेड विद्रोहको बलिदानलाई निष्कर्षमा नपुर्याई सम्झौता गरिनु गम्भीर चूक’
जीएसआई प्रस्तावबारे राप्रपाले माग्यो प्रधानमन्त्रीको जवाफ