उपराष्ट्रपति पुनले भेटे शताब्दी पुरुष जोशीलाई

सफल खबर संवाददाता

शनिबार, १५ असोज २०७९, १४ : ०९
उपराष्ट्रपति पुनले भेटे शताब्दी पुरुष जोशीलाई

काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले बिरामी भएर अस्पताल भर्ना भएका शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटेका छन्।शनिबार विहान ग्वार्कोस्थित किष्ट अस्पताल पुगेर उपराष्ट्रपति पुनले उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका छन्।

उनलाई चिकित्सकहरुले जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका थिए । ‘यहाँ राष्ट्रपिता हुनुहुन्छ । पिताको स्वास्थ्यमा आएको सुधारले म निकै खुसी भएको छु’ जोशी चाँडै डिस्चार्ज भएर घर फर्कने पुनले विश्वास व्यक्त गरे।

शताब्दी पुरुष जोशी डेङ्गी संक्रमण र अन्य स्वास्थ्य समस्याले किष्ट मेडिकल अस्पतालमा उपचाररत छन्।

 

प्रतिक्रिया दिनुहोस