बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका- १ मा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
डाँडागाउँबाट बनेपातर्फ आउँदै गरेको बा५ख ४११७ नम्बरको बोलेरो खानीखोला गाउँपालिका- १ र बेथानचोक गाउँपालिका–६को सिमाना गैरीभञ्ज्याङमा आज बिहान दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार मृत्यु हुनेमा खानीखोला गाउँपालिका- ४ का २५ वर्षीय दिपेश जिम्बा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ असोज २०७९, १३ : ५९
लेखकबाट थप