सामाजिक सुरक्षालगायत सुविधा र सुरक्षा प्रधान गर्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

सफल खबर संवाददाता

शनिबार, १५ असोज २०७९, १३ : ००
सामाजिक सुरक्षालगायत सुविधा र सुरक्षा प्रधान गर्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको संरक्षणको लागि घरपरिवारदेखि राज्यतहसम्मका सबै संयन्त्र र संरचना सक्रिय र सहयोगी रहनुपर्ने उल्लेख गरे।

३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज शनिबार शुभकामना दिँदै उनले ज्येष्ठ नागरिकलाई सदैव स्नेह र सद्भाव प्रकट गर्न, उनीहरूमाथि कुनै पनि किसिमको दुर्व्यवहारको घटना घट्न नदिन र उच्च प्राथमिकताका साथ राज्यका तर्फबाट सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनीहरूलाई पहिलो प्राथमिकता दिइ उच्च सम्मान दर्शाउन सबै प्रतिबद्ध हुन आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस