एजेन्सी । इरानमा हिरासतमा एक महिलाको मृत्युपछि सुरु भएको हिंसात्मक सडक आन्दोलनका क्रममा ९ जना जना युरोपेली नागरिक पक्राउ परेका छन्।
खुफिया अधिकारीले पक्राउ परेकाहरुलाई जासुस संगठनका एजेन्ट भएको आरोप लगाएका स्थानीय सञ्चार माधयमहरुले जनाएका छन्। कुर्दिश महिला महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि राजधानी तेहरानमा विरोध प्रदर्शन सुरु भएको थियो र देशभर फैलिएको थियो।
उत्तर–पश्चिमी सहर साकेजकी २२ वर्षीयालाई सेप्टेम्बर १३ मा नैतिकतासम्बन्धी प्रहरीले हिजाबसम्बन्धी नियम पालना नगरेको आरोपमा तेहरानमा पक्राउ गरेका थिए। पक्राउ परेको केही दिनपछि उनको मृत्यु भएको थियो।
पक्राउ परेकाहरू पोल्याण्ड, स्वीडेन, जर्मनी, इटाली, फ्रान्स र नेदरल्याण्ड्सका रहेको इरानको गुप्तचर मन्त्रालयले जनाएको छ।
यसैबीच, इरानविरोधी प्रदर्शनमा हालसम्म ७६ भन्दा बढीको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १५ असोज २०७९, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
भारतीय दूतावासद्वारा आफ्ना नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
स्ट्रेट अफ होर्मुज पार गर्न खोजे आक्रमण हुन्छ: इरान