लाल मोहम्मद प्रकरण : हत्यामा संलग्न आशंकामा ३ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १४ असोज २०७९, १० : ०८
लाल मोहम्मद प्रकरण : हत्यामा संलग्न आशंकामा ३ जना पक्राउ

काठमाडौं । मोहम्मद दर्जी उर्फ लाल मोहम्मद हत्यामा संलग्न आशंकामा  प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

गोठाटारमा असोज ३ मा लाल मोहम्मदलाई गोली हान्ने सुटर सहित ३ जनालाई पक्राउ गरिएको एकजना उच्च प्रहरी अधिकृतले बताए ।  घटनाबारे अनुसन्धान गर्न एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरिएको थियो ।

आरोपीहरु पक्राउबारे जानकारी दिन जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ ।  कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा।६ च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ दुइ जनाले गोली हानेर भागेका थिए ।

हत्याको योजना भारतिय नागरिक नितेन मदनले बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । 

प्रतिक्रिया दिनुहोस